‘लप्पन छप्पन २’ को शिर्ष गीत सार्वजनिक



यही फागुन २० गतेबाट प्रदर्शनमा आउने तयारीमा रहेको चलचित्र ‘लप्पन छप्पन २’ को शिर्ष गीत सार्वजनिक भएको छ । बुलेट फ्लो र अशोक बस्नेतको स्वर रहेको गीतमा सुरज विक्रम थापाको शब्द तथा संगीत छ । पैसाका लागि मानिसहरुले गर्ने दौडधुप र गलत कामलाई गीतमार्फत् व्यक्त गरिएको छ । लिरिकल गीतको भिडियोमा चलचित्रभित्रका केही अचल दृश्यहरु समावेश छन् ।

एक्सन जनरामा निर्माण भएको चलचित्रमा शिव श्रेष्ठ, सौगात मल्ल, अर्पण थापा, अनुप विक्रम शाही, शक्ति श्रेष्ठ, प्रकाश कुँवर, विशाल पहारी, दीपक क्षेत्री, एञ्जल श्रेष्ठ, अनिल खनाल, राजेन्द्र विष्ट, केरोलिन कोलिन्डा लगायतका कलाकारहरुको अभिनय रहेको छ । मुकुन्द भट्टको निर्देशनमा बनेको चलचित्रमा नरेश योगीको कोरियोग्राफी र सिमसोन तामाङको द्वन्द्व निर्देशन रहेको छ ।

गोल्डेन हिल्स पिक्चर्स, रोयल कुँवर इन्टरटेनमेन्ट, इपी एजुकेशन अस्ट्रेलिया, उमी ग्रुप युरोप र म्याक मिडियाको ब्यानरमा निर्माण भएको चलचित्रको कार्यकारी निर्मातामा सुरज अधिकारी र प्रजापति सिवाकोटी छन् । चिजकुमार श्रेष्ठ, प्रकाश कुँवर, निर्मल कुमार मिश्र र सन्तोष चन्द्र भक्रेल निर्माता रहेको ‘लप्पन छप्पन २’ लाई पुरुषोत्तम प्रधानले खिचेका हुन् भने मिलन श्रेष्ठको सम्पादन छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu