काठमाडौं। अभिनेत्री रेखा थापा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को केन्द्रीय कार्यसमिति सदस्यमा मनोनीत भएकी छन् । अध्यक्ष राजेन्द्र लिङ्देनले थापासहित १४ जना महिलालाई केन्द्रीय कार्यसमितिको सदस्य पदमा मनोनयन गरेका हुन् ।
पछिल्लो महाधिवेशनमा नेत्री कुन्ति शाहीसँगको प्रतिष्पर्धामा थापा राप्रपाको महामन्त्री पदमा पराजित बनेकी थिईन् ।

थापालाई तेस्रो बरियतामा राखिएको बताईएको छ । थापासँगै लीलादेवी श्रेष्ठ, विन्दु पौडेल, प्रेक्षा मल्ल, मीना झा, सन्तोषी शाही ठकुरी, स्वाती थापा, पुष्पा रजौरिया, लक्ष्मी तण्डुकार, समृद्धि राणा, मीना न्यौपाने, शान्ति माया गुरुङ, जयाकुमारी महतो र सावित्रा थापा मनोनीत भएका हुन् ।


