बैशाखबाट जेठमा पुग्यो ‘कबड्डी ४’



रामबाबु गुरुङ निर्देशित चलचित्र ‘कबड्डी ४ : द फाइनल म्याच’को प्रदर्शन मिति दुई साता पछाडि सरेको छ । यसअघि बैशाख २३ गते रिलिजको तयारीमा रहेको यो चलचित्र अब जेष्ठ १३ गतेबाट प्रदर्शन हुनेछ । निर्माण टिमले बुधबार एक पोस्टर सार्वजनिक गर्दै चलचित्रको नयाँ प्रदर्शन मिति घोषणा गरेको हो ।

बाँसुरी फिल्मस्को प्रस्तुतिमा तयार भएको चलचित्रमा दयाहाङ राई, सौगात मल्ल, मिरुना मगर, गौमाया गुरुङ, बुद्धि तामाङ, विजय बराल, कमलमणि नेपाल, पुष्कर गुरुङ, कविता आले, जयनन्द लामा, प्रकाश घिमिरे, माओत्से गुरुङ, शरद अधिकारी लगायतका कलाकारहरुको अभिनय रहेको छ ।

चलचित्रमा शैलेन्द्र डी कार्कीको छायांकन, निमेष श्रेष्ठको सम्पादन, कालीप्रसाद बाँस्कोटा, एसडी योगी, अनुपम शर्माको संगीत, रामबाबु गुरुङ र उपेन्द्र सुब्बाको लेखन छ । चलचित्रका निर्माता विशाल गुरुङ, सुष्मा गुरुङ, मधु मिजार र मणिराम पोखरेल हुन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu