अभिनेत्रीहरुलाई गालीगलौज गरेको भन्दै साइबर ब्युरोमा उजुरी



अभिनेता पल शाहविरुद्ध जबर्जस्ती करणीको आरोपमा जाहेरी दिएकी एक नाबालिग गायिकाको पक्षमा फेसबुकमा स्टाटस लेखेका रेखा थापा, ऋचा शर्मालगायतका अभिनेत्रीहरुलाई सामाजिक सञ्जाल (युट्युब) मा तथानाम गालीगलौज गरेको भन्दै नेपाल प्रहरीको साइबर ब्युरोमा उजुरी परेको छ । रेखा थापाकी दिदी तारा उर्फ केटी राणाले शुक्रवार साइबर ब्यूरोमा उजुरी दिएकी हुन् ।

साइबर ब्युरोका एसएसपी नबिन्द अर्यालले तथानाम गाली गरेको भन्दै तारा राणाले निवेदन दिएको र अहिले अध्ययन भइरहेको जानकारी दिए । मानमर्दन र गाली बेइज्जती गरेको भन्दै रेखाकी दिदीले युट्युबमा अभिव्यक्ति दिने शर्मिला वाइबाविरूद्ध उजुरी दिएकी हुन् । वाइबा तिनै हुन्, जसले दमौलीका डिएसपीलाई पललाई रिहा नगरे बलात्कारको आरोप लगाउने बताएकी थिइन् ।

बलात्कारको आरोपमा पक्राउ परेका पल शाहको पक्षमा दमौली प्रहरी कार्यालय अगाडि नाराबाजी हुनुका साथै नाबालिगको चरित्र हत्या गर्ने क्रियाकलाप बढेपछि रेखासहितका विभिन्न अभिनेत्रीहरुले फेसबुकमा स्टाटस लेख्दै १८ वर्षभन्दा मुनीका नाबालिगसँग सहमतिमै शारीरिक सम्बन्ध राखेको भएपनि बलात्कार ठहरिने भएकाले नाबालिगलाई राज्यले संरक्षण गर्नुपर्ने तर्क राखेका थिए ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu