पल शाहलाई थप १२ दिन थुनामा राखेर अनुसन्धान गर्न अदालतको अनुमति



एक नाबालिग गायिकालाई जबर्जस्ती करणी गरेको आरोप लागेका अभिनेता तथा मोडल पल शाहलाई थप १२ दिन थुनामा राखेर अनुसन्धान गर्न जिल्ला अदालत तनहुँले प्रहरीलाई अनुमति दिएको छ । आइतवार दिउँसो प्रहरीले एक हप्ताको अनुसन्धान पूरा गरेर पल शाहलाई म्याद थप गर्नका लागि तनहुँ जिल्ला अदालत लगेको थियो ।

प्रहरीलाई अदालतको अनुमतिमा २४ दिनसम्म हिरासतमा राखेर अनुसन्धान गर्ने अनुमति हुन्छ । एक सातादेखि प्रहरीले यो केशलाई हरेक कोण र आधारबाट अनुसन्धान गरिरहेको छ । सम्भवतः १२ दिनपछि अदालतमा बहस प्रक्रिया सुरु हुन सक्नेछ ।

१७ वर्षिय एक नाबालिग गायिकाले पलमाथि जबर्जस्ती करणीको आरोपमा फागुन ११ गते तनहुँ जिल्ला प्रहरी कार्यालयमा जाहेरी दिएकी थिइन् । यसपछि चार दिन फरार रहेका पल गत आइतवार प्रहरीसमक्ष उपस्थित भएका थिए । गायिकाले विभिन्न समयमा पटक-पटक जबर्जस्ती बलात्कार गरेको आरोप शाहमाथि लगाएकी छन् । उनले चितवन गैंडाकोटको प्रहरी कार्यालयमा पनि पलविरुद्ध जबर्जस्ती करणीको जाहेरी दिएकी छन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu