घनश्याम लामिछाने निर्देशित टेलिसिरियल ‘आधा खुशी’को ट्रेलर सार्वजनिक गरिएको छ । प्रज्ञा फिल्मसको व्यानरमा निर्माण भएको टेलिसिरियलको लेखक प्रदीप भारद्धाज हुन् । पारिवारिक प्रेमकथामा निर्माण भएको सिरियलले एक युवाको प्रेममा आउने उतार चढावको कथा भन्छ ।

प्रज्ञा जोशीले निर्माण गरेको सिरियलमा सरोज खनाल, प्रज्ञा जोशी, लब शर्मा, भाबु लम्साल, रिस्ता बस्नेत, सुस्मा कार्की, तेज गिरी, पुष्प लुइँटेल, दिपेश लामिछाने, निभा अधिकारी, बिष्णु गौतम, राजेन्द्र थापा, राजकुमार फुयाँल, सङिता बस्याल, अस्मिता खनाल लगायतका कलाकारको अभिनय रहेको छ ।
यो टेलिसिरियल चैत ७ गतेदेखि सिटि वान टेलिभिजन र ओएसआर मुभिजबाट प्रशारणमा आउँदैछ । हरि लामा घलेको छायांकन, मिलन श्रेष्ठको सम्पादन, जुनिम गहतराजको कलर, श्याम लामाको मेकअप, बिकास चौधरीको संगीत रहेको छ । सिरियलकी सह-लेखक सबु सुवेदी हुन् ।






