‘कबड्डी ४’को ‘केशरी’ गीतमा सौगात र मिरुनाको प्रेम



आउँदो जेठ १३ गतेबाट प्रदर्शनमा आउन लागेको चलचित्र ‘कबड्डी ४’को पहिलो गीत सार्वजनिक भएको छ । सोमवार सार्वजनिक भएको ‘केशरी’ बोलको गीतमा एसडी योगीको स्वर, राम अविरल विष्टको शब्द र गायक योगीकै संगीत रहेको छ । गीतको भिडियोमा चलचित्रका अभिनेता सौगात मल्ल र अभिनेत्री मिरुना मगर फिचर छन् । गीतमा उनीहरुको प्रेमलाई देखाइएको छ ।

चलचित्रमा अभिनेता दयाहाङ राईको पनि मख्य भूमिका छ । निर्देशक रामबाबु गुरुङ फेरि एकपटक त्रिकोणात्मक प्रेमकथा पस्किएका छन् । यसअघि सार्वजनिक भएको टिजरमा मिरुना र दयाहाङको प्रेममा सौगातको प्रवेशलाई रोचक तरिकाले देखाइएको थियो । यो चलचित्रलाई ‘कबड्डी’को अन्तिम सिरिज भनिएको छ । यसैले चलचित्रको उप-शिर्षक ‘द फाइनल म्याच’ राखिएको छ ।

चलचित्रको कथा निर्देशक गरुङ र उपेन्द्र सुब्बाले लेखेका हुन् । चलचित्रमा बुद्धि तामाङ, विजय बराल, गौमाया यात्री, पुष्कर गुरुङ, कमलमणी नेपाल, कविता आले, जयनन्द लामा, प्रकाश घिमिरे, माओत्से गुरुङ, सारदा अधिकारी लगायतका कलाकारहरुको पनि अभिनय छ । चलचित्रलाई शैलेन्द्र डि. कार्कीले छायांकन गरेका हुन् । यो चलचित्रका अघिल्ला तीनै सिरिज सफल छन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu