‘ए मेरो हजुर ४’को ‘सुन्तला’ गीत सार्वजनिक



आउँदो बैशाख १ गतेबाट प्रदर्शनमा आउन लागेको बहुप्रतिक्षीत चलचित्र ‘ए मेरो हजुर ४’को दोस्रो गीत सार्वजनिक भएको छ । मंगलवार नारी दिवसको अवसरमा निर्माण टिमले ‘सुन्तला’ बोलको गीत सार्वजनिक गरेको हो । वसन्त सापकोटाको शब्द तथा संगीत रहेको गीतमा मेलिना राई र निशान भट्टराईको स्वर छ ।

गीतको भिडियोमा अनमोल केसी, सुहाना थापा र सलोन बस्नेतले नृत्य गरेका छन् । कविराज गहतराजको कोरियोग्राफी रहेको गीतलाई सञ्जय लामाले खिचेका हुन् । गीतको अडियो र भिडियो दुवै पक्ष बलियो छ । यसअघि यो चलचित्रको ‘फूलको थुंगा हौकि’ बोलको गीत सार्वजनिक भएको थियो । चलचित्रलाई झरना थापाले निर्देशन गरेकी हुन् ।

मित्र डि. गुरुङको सम्पादन, रामजी लामिछानेको कोरियोग्राफी, शैलेश श्रेष्ठको ब्याकग्राउन्ड स्कोर र हिमाल केसीको द्वन्द्व निर्देशन रहेको चलचित्रको कथा झरना थापा र स्वर्गीय छेतन गुरुङले मिलेर लेखेका हुन् । पटकथा र संवादमा उनीहरुलाई मन्दिप गौतम, प्रतिक पौडेल, बाबुराम दाहाल, उपकार पाण्डे र माधव शर्माले सघाएका छन् । चलचित्रलाई सुनिल कुमार थापाले निर्माण गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu