अन्तर्राष्ट्रिय नारी दिवसको अवसर पारेर मंगलबार चलचित्र ‘बुलाकी’को फर्स्टलुक पोस्टर सार्वजनीक गरिएको छ । पोस्टरमा अभिनेत्री सुरक्षा पन्तलाई मात्र प्रस्तुत गरिएको छ । जारी प्रथामाथि आधारित भएर निर्माण भएको चलचित्रमा उनले दुर्गम गाउँको अति विपन्न एक महिलाको भूमिका निर्वाहा गरेको हुनसक्ने पोस्टर हेर्दा अनुमान गर्न सकिन्छ ।

लक्ष्मण सुनारको निर्देशन तयार भएको चलचित्रलाई टोपेन्द्र बिष्टले निर्माण गरेका हुन् । स्वर्गीय मोति बिष्टको प्रस्तुति रहेको चलचित्र डोल्पा, जाजरकोट र रुकुमका विभिन्न स्थानमा खिचिएको हो । चलचित्रमा सुरक्षासँगै नरेन्द्र खड्का, बिराज बिष्ट, प्रकाश कँडेल, रमेश बुढाथोकी, सुशील पोखरेल, लक्ष्मी गिरी, कुलदीप अधिकारी, झलनाथ खत्री, सरस्वती खत्री लगायतले अभिनय गरेका छन् ।
छत्रेश्वरी म्यानेज्मेन्टको ब्यानरमा सौगात कँडेल सह-निर्माता रहेको ‘बुलाकी’लाई शिव ढकालले छायांकन गरेका हुन् । चलचित्रको कथा निर्देशक लक्ष्मण सुनार आफैंले लेखेका हुन् । चलचित्रका गीतमा गोबिन्द मधुर आचार्य, श्रीकृष्ण बम मल्ल र बादल थापाको संगीत छ । केही समयमा चलचित्रको टिजरका साथै प्रदर्शन मिति पनि सार्वजनिक गरिने निर्माता टोपेन्द्रले जानकारी दिएका छन् ।


