हरेक चलचित्रमा एउटै क्यारेक्टर गर्नु राम्रो हुँदैन : दीया पुन



चलचित्र ‘वीर विक्रम’बाट अभिनय करिअर सुरु गरेकी अभिनेत्री दीया पुन चलचित्र ‘मिस्टर झोले’पछि पर्दामा देखिएकी छैनन् । अब उनी अभिनीत नयाँ चलचित्र ‘मन्त्र’ आउँदो बैशाख १६ गतेबाट प्रदर्शनको तयारीमा छ । आउँदो मे (बैशाख)मा सगरमाथा आरोहण गर्ने तयारीमा रहेकी उनलाई मंगलवार चलचित्रको टिमले राष्ट्रिय झन्डा र चलचित्रको पोस्टर हस्तान्तरण गर्दै बिदाई गरेको छ ।

‘मन्त्र’मा निर्वाह गरेको क्यारेक्टर आफूलाई एकदमै मन परेको दीया बताउँछिन् । नेपाल आए लगत्तै चलचित्र हेरेकी उनी आफूले सोचेकोभन्दा राम्रो बनेकोमा खुसी देखिएकी छन् । दर्शकलाई पनि चलचित्रले सन्तुष्ट दिनेमा उनी विश्वस्त छिन् । ‘वीर विक्रम’पछि उनले अभिनय गरेको यो दोस्रो चलचित्र हो । यद्यपि, ढिलै भएपनि चलचित्र प्रदर्शन हुन लागेकोमा उनी उत्साहित देखिएकी छन् ।

उनी आफूलाई धेरै चलचित्र खेल्नुभन्दा क्वालिटीको चलचित्रमा काम गर्न मन लाग्ने बताउँछिन् । ‘हरेक चलचित्रमा एउटै क्यारेक्टर गर्नु राम्रो हुँदैन । मैले प्रायः चलचित्रमा गाउँले चरित्र निर्वाह गरेकाले त्यस्तो खालको क्यारेक्टर भयो भने मेकरहरुले मलाई सोच्नु हुँदो रहेछ । तर, करिअरमा आफ्नो क्षमता बढाउन फरक क्यारेक्टर गर्नु पर्छ । यसैले पनि मैले धेरै चलचित्र गरेको छैन,’ उनले भनिन् ।

उनले हिमाल आरोहण गर्नु आफ्नो सौख रहेको पनि बताएकी छन् । यसअघि मनास्लु हिमाल र अर्जेन्टिनाको ६ हजार ९६१ मिटर अग्लो माउन्ट ओकुनकागवाको आरोहण गरिसकेकी दीयाले तीनवटा सामाजिक कार्यका लागि ‘फन्ड’ जुटाउन सगरमाथाको आरोहण गर्न लागेकी हुन् । दुई वर्षदेखि यूकेमा कमाएको करीब ४० लाखमा सगरमाथा चढ्न लागेको उनले जानकारी दिएकी छन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu