‘वर एण्ड वधु’मा आँचलको जोडी विवेक



अभिनेत्री आँचल शर्माले निर्देशक मिलन चाम्सले निर्देशन गर्न लागेको चलचित्र ‘वर एण्ड वधु’मा वधुको भूमिकामा अभिनय गर्दैछिन् । यो चलचित्रको छायांकन केही दिनमै सुरु गर्ने तयारीमा मिलन छन् ।

चलचित्रको छायांकन सुरु हुनुभन्दा अगाडि निर्माण पक्षले चलचित्रका मुख्य नायक फाइनल गरेको छ । चलचित्रमा नायिका आँचल शर्माको जोडीको रुपमा नव–कलाकार विवेक कर्मचार्यले काम गर्ने भएका छन् । विवेकले माला आर्टस एकेडेमीबाट अभिनयमा स्नातक गरेका हुन् । विगत केही समयदेखि उनी चलचित्रको तयारीमा व्यस्त थिए ।

एल आर के इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण हुन लागेको यो चलचित्रलाई कमेडी र लभस्टोरी कथामा निर्माण गरिँदैछ । आँचल शर्माले यही चलचित्रको लागि आफ्नो तौल पनि घटाएकी छिन् । फरक कथामा बन्न लागेको चलचित्रका कारण आफू उत्साहित भएको आँचलकोे तर्क छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu