भदौ १० मा ‘प्रकाश’, फरक लुक्समा देखिए प्रदीप



चलचित्र ‘प्रकाश’को फर्स्टलुक पोस्टर सार्वजनिक गर्दै प्रदर्शन मिति घोषणा गरिएको छ । आउँदो भदौ १० गतेलाई चलचित्रको प्रदर्शन मिति तोकिएको हो । अभिनेता प्रदीप खड्काको जन्मदिनको अवसरमा सार्वजनिक गरिएको पोस्टरमा प्रदीप र अभिनेत्री दीया मास्के प्रस्तुत छन् । भिन्न लुक्समा देखिएका उनीहरु चलचित्रमा आमा र छोराको भूमिकामा हुनसक्ने पोस्टरबाट बुझ्न सकिन्छ ।

‘नोभेम्बर रेन’ फेम्ड निर्देशक दिनेश राउतको निर्देशनमा तयार भएको चलचित्रले निम्न वर्गीय परिवारमा हुर्किएको एक युवकले सरकारी स्कूलको शिक्षक बन्न गर्ने संघर्षको कथा वाचन गरेको छ । डेब्यू चलचित्रदेखि नै लभर ब्वाईको भूमिकामा देखिँदै आएका प्रदीप ‘प्रकाश’मा अहिलेसम्मकै फरक र चुनौतीपूर्ण भूमिकामा देखिन लागेको सार्वजनिक पोस्टरबाट बुझ्न सकिन्छ ।

महेन्द्र अधिकारीले निर्माण गरेको चलचित्रमा प्रदीप र दीयासँगै रेनु योगी, प्रकाश घिमिरे, रामबाबु रेग्मी, पवित्रा खड्का, प्रशान्त श्रेष्ठ, निरज पन्थी, गोविन्द सुनुवार, लोकेन्द्र लेखक, दीपेन्द्र शाही लगायतको अभिनय रहेको छ । विकास सुवेदीको कथा रहेको चलचित्रमा राजेश श्रेष्ठको छायांकन, जिवन थापाको सम्पादन, दिपक शर्मा, तारा प्रकाश लिम्बु र एलिस कार्कीको संगीत छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu