एमालेमा प्रवेश गर्दै करिश्मा



अभिनेत्री करिश्मा मानन्धरले नेकपा (एमाले) मा प्रवेश गर्ने तयारी गरेकी छिन् । बिहीबार एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भेटघाट गर्दै उनले एमालेमा प्रवेश गर्ने इच्छा देखाएकी हुन् । राजनीति गर्ने भएपछि कुनै न कुनै रुपमा अघि बढ्नुपर्ने बताउँदै एमालेमा प्रवेश गर्ने विषयमा छलफल भइरहेको उनले बताइन् । तत्कालीन नयाँ शक्ति पार्टी छाडेपछि उनी अध्ययनमा केन्द्रित थिइन् ।

एमाले सांसद नवराज सिलवाल र गंगा चौधरीको साथमा बिहीवार अध्यक्ष ओलीसँग भेट गरेकी करिश्माले राजनीतिक यात्रा अघि बढाउन कुनै न कुनै विचारसँग आबद्ध हुन आवश्यक रहेकाले आफूले एमाले रोजेको बताएकी छन् । उनी बैशाख ३० गते हुन लागेको स्थानीय तहको निर्वाचनभन्दा अगाडि नै एमालेमा प्रवेश गर्ने कार्यक्रम रहेको बताइएको छ ।

अन्य राजनीतिक दलभन्दा एमालेले महिलालाई धेरै अघि बढाएकोले आफू एमालेप्रति आकर्षित भएको करिश्माको भनाई छ । केपी शर्मा ओलीको व्यक्तित्वले पनि आफूलाई एमालेप्रति आकर्षित गराएको उनी बताउँछिन् । नयाँ शक्ति पार्टीमा आबद्ध हुँदा आफूले धेरै कुरा सिक्ने अवसर पाएको बताउँदै करिश्माले अब एमालेबाट समाज परिवर्तनका लागि भूमिका खेल्ने बताएकी छन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu