टेस्ट सेन्टर नेपालको ब्राण्ड एम्बासडरमा मल्लिका महत नियुक्त



काठमाडौं। अभिनेत्री मल्लिका महत हिमाअस एजुकेशन कन्सल्टेन्सी अन्तर्गत रहेको टेस्ट सेन्टर नेपालको ब्राण्ड एम्बासडर नियुक्त भएकी छन् । उक्त कम्पनीसँग महत आगामी एक बर्षको लागि जोडिएकी हुन् ।

विद्यार्थीहरुमाझ गतिलो सेलिब्रिटी छवि बनाएकी महतलाई ब्राण्ड एम्बेसडर नियुक्त गरेसँगै कम्पनीको बजार प्रबद्र्धनमा थप सहयोग हुने अपेक्षा गरेको कम्पनीका संचालक राजमान थकालीले बताए । “मल्लिका महत एउटा सेलिब्रिटी छवि भएकी अभिनेत्री हुनुसँगै एउटी विद्यार्थी पनि हुन् । उनीसँगको सहकार्य कम्पनीको लागि फलदायी हुने हामीले अपेक्षा गरेका छौँ ।” थकालीले भने ।

अभिनेत्री महत पनि एउटा गतिलो शैक्षिक परामर्श केन्द्र र प्रिपिरेशन सेन्टरसँग आबद्ध हुन पाउँदा आफुलाई खुशी लागेको बताउँछिन् । “यो मेरो लागि पनि खुशीको कुरा हो । मैले मेरो तर्फबाट कम्पनीको प्रचार र बजार प्रबर्द्धनमा सहयोग पुग्ने सम्पुर्ण क्रियाकलापहरु गर्नेछु”, महतले भनिन् । साथै उनले वैदेशिक अध्ययनमा जान चाहने विद्यार्थीहरुलाई सही परामर्श केन्द्र र तयारी कक्षा दिने संस्था रोज्न सल्लाह दिईन् ।

टेस्ट सेन्टर नेपालले विद्यार्थीहरुको विभिन्न शैक्षिक जाँचहरु लिनुका साथै उनीहरुका लागि तयारी कक्षाहरु पनि संचालन गर्दै आएको छ । वैदेशिक अध्ययनमा जान चाहने विद्यार्थीहरुका लागि आवश्यक आईएलटिएस, पीटिई, टोफल जस्ता तयारी कक्षाका साथै जाँच पनि यो सेन्टरबाट हुन्छ ।

हिमाअस अन्तर्गत रहेका काठमाडौं सहित नेपालका अन्य शहरहरुमा पनि टेस्ट सेन्टर नेपालले सेवा दिँदै आएको छ । काठमाण्डौ, पोखरा, ईटहरी, चितवन लगाएतका स्थानबाट विद्यार्थीहरुले हिमा अस र टेस्ट सेन्टर नेपालबाट पाउने सुविधा लिन सक्छन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu