शोभित बस्नेतको निर्देशनमा ‘हाम्रो स्वर्ग’ बन्ने



निर्देशक शोभित बस्नेतको निर्देशनमा नयाँ चलचित्र ‘हाम्रो स्वर्ग’ निर्माण हुने भएको छ । चलचित्रको छायांकन चैत्र अन्तिम साताबाट सुरु हुनेछ । दुई अभिनेता र दुई अभिनेत्रीको मुख्य भुमिका रहने चलचित्रका लागि अन्य कलाकारको खोजी भइहेको छ ।

निर्देशक बस्नेतका अनुसार, चलचित्रमा यार्सागुम्बा टिप्ने मान्छेहरुको कथालाई चित्रण गरिनेछ । कर्णालीको भाषा भेषभुषा र रहनसहनलाई प्रस्तुत गरिने चलचित्रले एउटा पृथक र वास्तविक कथा भन्ने निर्माण पक्षले जनाएको छ । चलचित्र कर्णाली प्रदेशका १० वटै जिल्लामा छायांकन गरिनेछ ।

एनएसके मिडिया नेपालको व्यानरमा निर्माण हुने चलचित्रमा शान्ता शर्माको लगानी रहनेछ । चलचित्रमा नवदत्त न्यौपानको संगीत र रामकृष्ण बुड्थापाको कथा रहनेछ । निर्देशक बस्नेतले ‘हाम्रो स्वर्ग’ भने आफूले यसअघि निर्देशन गरेको चलचित्रभन्दा पृथक हुने दाबी गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu