कृष्ण अष्टमीलाई तोक्यो ‘कृष्ण लीला’ले प्रदर्शन मिति



दीपक ओलीको निर्देशनमा बनेको चलचित्र ‘कृष्ण लीला’ आउँदो कृष्ण जन्माष्टमीमा प्रदर्शन हुने भएको छ । मंगलवार निर्माण टिमले आउँदो भदौ ३ गतेलाई प्रदर्शन मिति घोषणा गरेको हो । यो मितिमा कृष्ण अष्टमीको सार्वजनिक विदा परेको छ । यसअघि यो चलचित्र गत वर्षको चैत २७ गते प्रदर्शनमा आउने तयारीमा थियो । तर, कोरोनाका कारण हलहरु बन्द भएपछि चलचित्रको रिलिज रोकिएको थियो ।

चलचित्रमा पुष्प खड्का, श्रद्धा क्षेत्री, बुद्धि तामाङ, रबिन्द्र झा, भावना गुरुङ, नवीन रेग्मी, हिउँवाला गौतम, आयुष गुरागाई लगायतका कलाकारहरुको अभिनय रहेको छ । लभस्टोरी जनरामा निर्मित चलचित्रमा शिव ढकालको छायांकन, अर्जुन जिसीको सम्पादन, अर्जुन पोखरेलको संगीत, लक्ष्मण सुवेदीको कथा, रामजी लामीछानेको कोरियोग्राफी र श्री श्रेष्ठको द्वन्द्व छ ।

रोहित कट्टेल प्रस्तुतकर्ता रहेको यस चलचित्रमा रत्न श्रेष्ठ कार्यकारी निर्माता, प्रकाश राज कार्की र केवल तामाङ निर्माता, पिताम्बर आचार्य र रोजन श्रेष्ठ सह-निर्मातामा छन् । चलचित्रमा पुष्पले सुस्त मनस्थिति भएको युवकको भूमिका निर्वाह गरेका छन् । ‘कृष्ण लीला’को गा वर्ष नै पोस्टर र ट्रेलरसहित ‘डियर बन्न र कुनै दिन’ बोलका दुई गीत सार्वजनिक भइसकेको छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu