नवल नेपालको निर्देशमा बन्यो ‘राजाराम निवास’



एम ई टिभीको प्रस्तुतिमा रेस्क्यू क्रिएसनले पारिवारिक कमेडी सिरियल ‘राजाराम निवास’ निर्माण गरेको छ । नवल नेपाल निर्देशित सिरियल कलाकार राजाराम पौडेल वरपर घुमेको छ । सिरियलमा राजारामलाई सरकारी जागिरबाट अवकास प्राप्त कर्मचारीको रुपमा प्रस्तुत गरिएको छ । सिरियलमा उनी लोभी चरित्रमा छन् ।

‘नेपालका पचास जिल्ला पुगेर कामको अनुभव संगालिसकेका राजारामलाई त्यहाँको रहनसहन, रीतिरिवाज, बोलीचाली, भाषासंस्कृतिको ज्ञान छ’, निर्देशक नेपाल भन्छन्, ‘अवकास प्राप्त जीवनलाई राजारामले कसरी सदुपयोग गरिरहेका छन् भन्ने कुरा ‘राजाराम निवास’मा देखाएका छौं ।’

सिरियलमा राजारामका अलावा विमला गिरी, निर्मल न्यौपाने, अर्चना खनाल, साहिना भट्टराई र खड्गबहादुर पुन मगर(खबपु)को अभिनय छ । समन अधिकारीको कथा र महेश दवाडी तथा दिनेश न्यौपानेको लेखन रहेको टेलिसिरियलमा अर्जुन पोखरेल र विनोद खम्बुको संगीत, विनोद भुजेलको पाश्र्व संगीत, मुक्त उदास र हरि उप्रेतीको गीत, मदनकाश्यप घिमिरेको छायांकन, गौतम खड्काको सम्पादन र भीष्म आचार्यको प्रोडक्सन छ ।

रेस्क्यू क्रिएसनका प्रमुख समेत रहेका समनले क्रिएसनमार्फत ७ वटा टेलिसिरियल निर्माण गरिरहेको जानकारी दिए । यी सिरियल विभिन्न च्यानलमार्फत प्रसारणमा आउनेछन् । ‘राजाराम निवास’ चैतको पहिलो साताबाट हरेक बिहीबार साँझ ६ः३० र राती १० बजे कान्तिपुर टिभी र बेलुकी ८ बजे र राती १०ः३० बजे एम ई टिभीबाट प्रसारण हुनेछ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu