‘२ नम्बरी’मा पलको ठाउँमा सौगात मल्लको इन्ट्री



यही चैत्र १५ गतेबाट छायांकनमा जान लागेको चलचित्र ‘२ नम्बरी’मा नायक सौगात मल्लको इन्ट्री भएको छ । २ बर्ष अगाडि शुभसाइत गरेर छायांकन सुरु गर्दा चलचित्रमा नायक पल शाहको मुख्य भूमिका थियो । नायक पल शाह यतिबेला प्रहरी हिरासतमा रहेकाले निर्माण टिमले उनको ठाउँमा सौगात मल्ललाई अनुवन्धित गरेको हो ।

२०७६ सालमा चलचित्रको छायांकन भैरहँदा कोरोना महामारीका कारण काम अगाडि बढ्न सकेको थिएन । २ बर्षपछि चलचित्रलाई फेरि सुरुबाट नै खिच्ने तयारी गरिएको छ । सौगात मल्ल अनुवन्धित भएसँगै चलचित्रको मुख्य कलाकारको लाइनअप पुरा भएको छ । चलचित्रलाई दीपेन्द्र लामाले निर्देशन गर्दैछन् ।

चलचित्रमा दयाहाङ राई, सौगात मल्ल, वर्षा राउत, उगेन छोदेन लगायतका कलाकारको मुख्य भूमिका रहनेछ । चलचित्रले २ साथीको मित्रताको कथा भन्नेछ । सौगात मल्लको प्रवेशसँगै निर्माणपक्षले यसको प्रदर्शन मिति पनि तय गरेको छ । चलचित्रलाई आउँदो बर्षको कार्तिक ४ गते तिहारको अवसरमा रिलिज गरिने प्रस्तुतकर्ता किरण नेपालीले जानकारी दिए ।

चलचित्रमा दीपक मनाङ्गे र अमला देवी राईको लगानी छ । चलचित्रका कार्यकारी निर्माता सरोज नेपाली हुन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu