जेठ ६ मा पुग्यो ‘लाइफ इन एलए’



‘लाइफ इन एलए’को प्रदर्शन मिति हेरफेर भएको छ । बैशाख ९ गतेलाई प्रदर्शन मिति घोषणा गरिएको चलचित्र एक महिना पछाडि सरेको छ । होलीको अवसर पारेर निर्माण टिमले एक पोस्टर सार्वजनिक गर्दै आगामी जेठ ६ गतेलाई चलचित्रको नयाँ प्रदर्शन मिति तोकेको हो । नेपाल र अमेरिकामा छायांकन भएको चलचित्रले अमेरिकामा बस्ने नेपालीको संघर्ष र सफलताको कथा भन्छ ।

सुर्य एन श्रेष्ठको निर्देशन रहेको चलचित्रमा ब्यास बिस्सु, आकेशा बिस्ट, शिल्पा मास्के, गौरव पहारी, बुद्धि तामाङ, प्रकाश घिमिरे, लोकेन्द्र लेखकका साथै अमेरिकामा बसोबास गर्ने जारेड बिलप्स, साम भुजेल, जयन्द्र चिलुवाल लगायतको पनि अभिनय छ । दीपक वली एसोसियट निर्देशक रहेको यस चलचित्रमा एलिस कार्की र प्रतिक पौडेलको संगीत र प्रताप दास र कविता श्रेष्ठ स्वर छ ।

ब्यास इन्टरटेनमेन्टको प्रस्तुति रहेको चलचित्रलाई ब्यास बिस्सुले निर्माण गरेका हुन् । चलचित्रको कार्यकारी निर्मातामा संसार सुवेदी रहेका छन् भने अमेरिकाको लागि राजेन्द्र ठकुराथी निर्माताको रुपमा छन् । भुपेन्द्र अधिकारी र उज्ज्वल ढकालको सम्पादन रहेको चलचित्रमा कविराज गहतराज र सुरज श्रेष्ठको करियोग्राफी छ । चलचित्रको अमेरिकाको विभिन्न ठाउँमा प्रदर्शन भइसकेको छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu