तस्विरमा हेर्नुहोस् कलाकारहरुको होली



आज रङहरुको पर्व होली अर्थात् फागु पूर्णिमा । फागुन शुक्ल पूर्णिमाका दिन यो पर्व मनाउने गरिन्छ । खासगरी पहाडी जिल्लाहरुमा आज उल्लासपूर्वक होली मनाइन्छ भने तराइका जिल्लाहरुमा भोलि आर्थात सोमबार विशेष रुपमा यो पर्व मनाइन्छ । माया, प्रेम र सद्भाव झल्काउने होली पर्व एकआपसमा रङ तथा अवीर दलेर, पानी छ्यापाछ्याप गरेर हर्षोल्लासका साथ मनाउने प्रचलन छ ।

असत्यमाथि सत्यको विजय भएको उत्सवका रूपमा रङ दलेर पर्व मनाउने गरिएको धार्मिक मान्यता छ । आसुरी शक्तिकी द्योतक होलीकालाई आगोले भष्म गरी सत्यवादी भक्त प्रल्हादको उद्दार भएको धार्मिक कथनसँग जोडेर यो पर्व मनाउने गरिन्छ । कोरोना महामारीका कारण विगत दुई वर्षको होली फिक्का भएको थियो । तर, यसपटक संक्रमण मत्थर भइसकेकाले होलीको रौनक बेग्लै छ ।

कलाकारहरुले पनि यसपटक कोरोना विर्सिएर खुलेर होली मनाएका छन् । कसैले सामुहिक भेटघाट गरेर होली मनाइरहेका छन् कसैले परिवारको साथमा होली मनाएका छन् । निखिल उप्रेती दाम्पति, रेखा थापा, श्वेता खड्का, आँचल शर्मा, मलिना जोशी, सृष्टि श्रेष्ठ, सौगात मल्ल, सुमिना घिमिरे, सलोन बस्नेत लगायतका कलाकारहरुले होली मनाएको तस्विरहरु सामाजिक सञ्जालमा पोस्ट गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu