विकिनी अवतारमा आफ्नो जवानी शो गर्न विदेश धाइरहने अभिनेत्रीमा पर्छिन्, वर्षा सिवाकोटी । गत वर्ष उनले आइसल्यान्डको सामुन्द्रिक तटमा विकिनी अवतारमा खिचेको तस्विरले ठूलै चर्चा कमाएको थियो । यसपटक उनले अमेरिका पुगेर आफूलाई विकिनीमा प्रस्तुत गरेकी छन् । उनले अमेरिकाको ‘फ्लोरिडा विच’मा खिचेका बोल्ड तस्विरहरु इन्स्टाग्राममा पोस्ट गरेकी छन् ।

चलचित्र ‘नाईं नभन्नू ल २’बाट अभिनय करिअर सुरु गरेकी वर्षाले कुनै पनि चलचित्रमा बोल्ड सिन दिएकी छैनन् । प्रायः उनी सोझी र साधारण युवतीको भूमिकामा प्रस्तुत हुँदै आएकी छन् । यसैले होला उनले आफूलाई बोल्ड देखाउने रहर विदेशका समुन्द्री तटमा गएर पूरा गर्ने गरेकी छन् । प्रायः विदेश घुमघाममा निस्किरहने उनी एक वर्षको अन्तरालमै दोस्रो पटक अमेरिका गएकी हुन् ।

कोरोना महामारीको समयमा ‘श्री’ र ‘ए साथी सुन’को छायांकन गरेकी उनको ‘परदेशी २’, ‘मनसँग मन’, ‘लक्का जवान’ लगायतका चलचित्र प्रदर्शनको पखाईमा छन् । सोलो अभिनेत्रीको रुपमा अभिनय गरेका कुनै चलचित्र सफल हुन नसके पनि वर्षाको करिअरलाई त्यसले असर पारेको छैन । उनको हातमा निरन्तर चलचित्र परिरहेका छन् । उनी प्रायः भने प्रेम सम्बन्धका कारण बढी चर्चामा रहने गरेकी छन् ।