क्रिप्टोकरेन्सीको विज्ञापनमा प्रियंकाको फोटो प्रयोग, सीआईबीमा दिइन् उजुरी



क्रिप्टोकरेन्सीको विज्ञापनमा आफ्नो तस्विर तथा भिडियो प्रयोग भएपछि अभिनेत्री प्रियंका कार्कीले प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) मा उजुरी दिएकी छन् । केही फेसबुक पेजहरुले जानकारीबिना क्रिप्टोकरेन्सीको प्रचारमा आफ्नो भिडियो तथा तस्विर प्रयोग गरेको भन्दै उनले दोषीलाई कारवाहीको माग गर्दै सीआईबीमा उजुरी दिएकी हुन् ।

आइतवार सीआईबीले क्रिप्टोकरेन्सीको विज्ञापनमा प्रियंकाको तस्विर तथा भिडियो प्रयोग भएको देखेपछि उनलाई सोधपुछका लागि बोलाएको थियो । तर, उनले यसबारेमा आफूलाई कुनै जानकारी नभएको बताएकी थिइन् । उनले सीआईबीकै सुझावमा फोटो दुरुपयोग गर्ने व्यक्ति र फेसबुक पेजविरुद्ध उजुरी दिएको जानकारी प्राप्त छ ।

प्रियंकाले उजुरी दिए लगत्तै सीआईबीले अनुसन्धान सुरु गरेको छ । केही समययता सीआईबीले क्रिप्टोकरेन्सी कारोबार रोक्नका लागि निगरानी बढाएको छ । क्रिप्टोकरेन्सी एक गुप्त भर्चुअल मुद्रा भएकाले यसबाट हुने कारोबार करको दायरामा आउँदैछ । यही कारण नेपाल सरकारले क्रिप्टोकरेन्सीलाई नेपालमा अवैध मानेको छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu