संगीताको प्रश्न- ‘अपराधीलाई हदैसम्मको कारबाही गर्न नसक्ने हाम्रो कानुन यति कमजोर किन ?’



बलात्कार र हत्याहिंसा जस्ता जघन्य अपराधबाट बालबालिका बचाउन र फितलो नियम संशोधन गर्दै अपराधीलाई कडा सजाय दिलाउनुपर्ने मागसहित समृद्धि फाउन्डेसन नेपालले आइतबार राष्ट्रिय महिला आयोग र राष्ट्रिय मानव अधिकार आयोगमा ज्ञापन पत्र बुझाएको छ ।

सुन्दरहरैंचा नगरपालिका–७ की १८ महिने बालिकाको बलात्कारपछि हत्या गरेको घट्ना उपर ध्यानाकर्षण गराउँदै फाउन्डेसनले आरोपमा प्रकाउ परेका २८ वर्षीय मिथुन चौधरी र २५ वर्षीय अजय चौधरीलाई कडा भन्दा कडा सजाय दिनुपर्ने माग गरेको छ ।

फाउन्डेसनकी अध्यक्ष तथा चलचित्र निर्देशक संगीता श्रेष्ठले कानुन फितलो भएकै कारण यस्ता घटना र अपराधहरु बारम्बार हुने गरेकोमा जोड दिइन् । मुखमा कालो पट्टी बाँधेर बलात्कार र हत्याहिंसाको विरोध गर्दै श्रेष्ठले ज्ञापन पत्र बुझाउँदै बलात्कार र हत्याहिंसाजस्ता जघन्य अपराधमा संलग्न अपराधीलाई हदैसम्मको कारबाही गर्न नसक्ने हाम्रो कानुन यति कमजोर किन ? भनेर प्रश्न गरेकी छिन् ।

‘कानुन कम्जोर हुँदा त्यस्ता अपराध र अपराधीको मनोबल घट्न सकेको छैन । त्यसैले उनीहरु पटक पटक त्यही अपराध दोहोर्‍याई रहेका छन्,’ अध्यक्ष श्रेष्ठ भन्छिन्, ‘समाजमा त्यस्ता अपराधी खुला रुपले घुमिरहेकै कारण आज हरेक बालबालिका र महिलाहरुको स्वतन्त्र र सुरक्षित भइ बाँच्न पाउने अधिकार खोसिएको छ ।’

फाउन्डेसनकी अध्यक्ष श्रेष्ठले आउँदा दिनमा कानुनमा भएका कमजोरीलाई प्रस्ट्याउने गरि चेतनाको कार्यक्रमहरु अगाडि बढाउने बताइन् । ‘हामीले विभिन्न कार्यक्रममार्फत सरकारलाई कानुन संसोधन गर्न ध्यानाकर्षण गराउने छौँ । आम मानिसलाई समेत चेतनशील बनाउन सडक नाटक पनि गर्दैछौँ,’ उनले भनिन् । संगीताले चलचित्र ‘कथा काठमाडौँ’बाट निर्देशनमा डेब्यू गरेकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu