पल शाह प्रकरण : प्रहरीको अनुसन्धान सकियो, सरकारी वकिललाई बुझाइयो फाइल



एक नाबालिग गायिकालाई बलात्कार गरेको आरोपमा थुनामा रहेका अभिनेता पूर्णविक्रम शाह (पल शाह) माथिको अनुसन्धान प्रहरीले सकाएको छ । अनुसन्धान सकिए सँगै सोमवार तनहुँ प्रहरीले मुद्धाको मिसिल सरकारी वकिलको कार्यालयमा बुझाएको छ । जिल्ला अदालत, तनहुँको अनुमतिमा २१ दिनसम्म अनुसन्धान गरेपछि तनहुँ प्रहरीले अनुसन्धान प्रक्रिया सकाएको हो ।

ती नाबालिगले गत फागुन ११ गते तनहुँ प्रहरी कार्यालयमा पल शाहविरुद्ध जाहेरी दिएकी थिइन् । फागुन १५ गते प्रहरीसामु आफैं उपस्थित भएका उनलाई जिल्ला अदालत, तनहुँले पहिलो पटक ७ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको थियो । यसपछि दोस्रो पटक १२ दिन र तेस्रो (अन्तिम) पटक ५ दिनका लागि म्याद थप गरेर प्रहरीले शाहमाथि अनुसन्धान गरेको थियो ।

तनहुँमा अनुसन्धान भइरहेको समयमा जिल्ला प्रहरी कार्यालय, नवलपरासी (बर्दघाट सुस्ता पूर्व) ले पनि पल शाहमाथि अनुसन्धान गरेको थियो । नाबालिगले तनहुँपछि नवलपरासीमा शाहविरुद्ध जाहेरी दिएकी थिइन् । एक हप्ता लामो अनुसन्धानपछि प्रहरीले सरकारी वकिलको कार्यालयमा मुद्धाको मिसिल बुझाएको थियो । सरकारी वकिलले नवलपरासी जिल्ला अदालतमा शाहविरुद्ध बलात्कारको मुद्धा दर्ता गरिसकेको छ ।

तनहुँको सरकारी वकिलको कार्यालयले एक/दुईभित्रमा अभियोगपत्र तयार गरेर अदालतमा मुद्धा दर्ता गर्ने तयारी गरेको छ । तनहुँ र नवलपरासीको प्रहरी कार्यालयमा नाबालिगले दिएको जाहेरीमा शाहले विभिन्न ठाउँमा पटक-पटक मदिरा सेवन गरेर जबर्जस्ती करणी गरेको उल्लेख छ । पल शाहले भने प्रहरीसँगको बयानमा जबर्जस्ती करणी गरेको कुरा नकारेको जानकारी प्राप्त छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu