‘२ नम्बरी’मा उपासनाले लिइन् वर्षाको ठाउँ



यही चैत्रको तेश्रो साताबाट छायांकन सुरु हुन लागेको चलचित्र ‘२ नम्बरी’मा नायिका उपासना सिंह ठकुरीको प्रवेश भएको छ । उपासनासँग चलचित्रको निर्माणपक्षले सोमबार कागजी सम्झौता गरेको हो । यो चलचित्रमा नायिका वर्षा राउतले काम गर्ने पक्का भएको थियो । तर, वर्षा बाहिरिसँगै निर्माण पक्षले उपासनालाई भित्राएको हो ।

नायिका उपासना सिंह ठकुरीले चलचित्रमा भित्रन पाउँदा आफूलाई खुशी लागेको बताइन् । भनिन्–‘म एकदमै खुशी छु । सौगात मल्ल दाईसँग काम गर्ने ठुलो सपना थियो । त्यो पुरा हुँदैछ । चलचित्रको टिम, कथावस्तु मन परेपछि मैले काम गर्ने निर्णय गरेकी हुँ ।’ अब चलचित्रमा दयाहाङ राई, सौगात मल्ल, उपासना सिंह ठकुरी र भुटानी नायिका उगेन छोदेनको मुख्य भूमिका रहनेछ ।

आउँदो वर्षको कार्तिक ४ गतेलाई प्रदर्शन मिति तय गरिएको चलचित्रलाई दीपेन्द्र लामाले निर्देशन गर्दैछन् । चलचित्रका प्रस्तुतकर्ता किरण नेपाली हुन् । यो चलचित्रले २ साथीको कथा भन्नेछ । चलचित्रमा दीपक मनाङ्गे र अमला देवी राइको लगानी रहनेछ । चलचित्रका कार्यकारी निर्माता सरोज नेपाली हुन् । चलचित्रको कथावस्तु अझै परिमार्जन गरेर बलियो बनाएको निर्देशक लामाले बताए ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu