भदौ ३१ मा ‘लाखे’ रिलिज हुने



सम्राट बस्नेतको निर्देशनमा बनेको मल्टीस्टारर चलचित्र ‘लाखे’को प्रदर्शन मिति घोषणा गरिएको छ । सोमवार निर्माण पक्षले आरआर फिल्मस्लाई चलचित्रको वितरण अधिकार बिक्री गर्दै आउँदो भदौ ३१ गतेलाई प्रदर्शन मिति तोकेको हो । यो मितिमा सुरेन्द्र पौडेल निर्देशित ‘बाबरी’ पनि प्रदर्शनमा आउँदैछ । अब बक्सअफिसमा भदौ ३१ गते ‘लाखे’ र ‘बाबरी’बीच भिडन्त हुनेछ ।

गत फागुनमा चलचित्रको मुस्ताङ पुगेर क्लाइमेक्स खिचिएको थियो । चलचित्रमा सौगात मल्ल, अनुप विक्रम शाही, आर्यन अधिकारी, वर्षा राउत, सुशील सिटौला, रोहित रुम्बा, अर्पण थापा, प्रशान्त ताम्रकार लगायतको मुख्य भूमिका रहेको छ । सम्पूर्ण छायांकन पूरा भइसकेको चलचित्र ४ करोडको लागतमा निर्माण भएको बताइएको छ ।

ग्लोबल मिडिया एण्ड रिसर्च सेन्टर तथा औरियन प्रोडक्सनको ब्यानरमा निर्माण भइरहेको चलचित्रका निर्माता सिजन अर्याल हुन् । कथा समेत निर्माता अर्यालकै हो । चलचित्रको गणेश मल्ल ठकुरी (जिएम) प्रस्तुतकर्ता र हरि मल्ल ठकुरी कार्यकारी निर्माता छन् । चलचित्रको नाम ‘लाखे’ भए पनि लाखे नाच परम्परामाथि चलचित्र पूरै नसमेटिएको निर्देशक सम्राट बस्नेतले जानकारी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu