गोपीकृष्णका तीनवटा हल शुक्रवारबाट सञ्चालनमा आउने



गोपीकृष्ण मुभिजको तीनवटा हल सञ्चालनमा आउने भएका छन् । कोरोना महामारीसँगै बन्द भएको गोपीकृष्णका ३ हल (ओम, नमः र शिवाय) शुक्रबारबाट सञ्चालनमा आउन लागेका हुन् । यी हलहरु रातो, हरियो र नीलो रंगको थिममा विभाजन गरेर सञ्चालनमा आउनेछन् । गोपीकृष्णले तीन हलको प्रविधि र भौतिक पूर्वाधारमा ठूलो सुधार गर्दै सञ्चालनमा ल्याउन लागेको हो ।

गोपीकृष्ण मुभिजका निर्देशक निरक पौडेलले एक विज्ञप्ति जारी गर्दै ‘चिसो एष्ट्रे’, ‘द कश्मीर फाइल्स’ र ‘आरआरआर’ प्रदर्शन गर्दै तीनवटा पर्दा सञ्चालन गर्न लागेको जानकारी दिएका छन् । तीनवटा हलमा पाँच सय सिट क्षमता रहेको विज्ञप्तिमा उल्लेख छ । तीन सय रुपैयाँ टिकट दर कायम गरिएको हलमा शुक्रवारबाट विहान ८ देखि राती ८ बजेसम्म दैनिक १२ वटा शो सञ्चालन हुने बताइएको छ ।

पहिला गोपीकृष्णमा ७ वटा हल थिए । अहिले गोपीकृष्ण हल भएको ठाउँमा कम्प्लेक्स निर्माण भइरहेको छ । जसका लागि ७ वटा हलमध्ये चारवटा (गोपी, कृष्ण, मिरा र राधा) भत्काइएको छ । गोपीकृष्ण हल पुनः सञ्चालनमा आउने भएपछि चलचित्र क्षेत्रमा खुसी छाएको छ । गोपीकृष्ण चलचित्र हेर्नका लागि दर्शकको ठूलो भीड लाग्ने सिनेमा हल हो ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu