डेढ महिनामा सकियो ‘ह्यारी की प्यारी’को छायांकन



डा. कपिल रिजाल निर्देशित चलचित्र ‘ह्यारी की प्यारी’को छायांकन सकिएको छ । पर्वतबाट छायांकन सुरु भएको चलचित्रको डेढ महिनामा बुधवार इन्डक्ल्याप भएको हो । डा. रिजालले काठमाडौंसहित पोखरा, पर्वत, चितवनलगायतका स्थानमा चलचित्रको छायांकन भएको जानकारी दिए । कोरोनाविरुद्धको खोप लगाएका कलाकार र प्राविधिकको टोली लिएर रिजालले चलचित्रको छायांकन थालेका थिए ।

चलचित्रमा जितु नेपाल र साम्राज्ञी राज्य लक्ष्मी शाहको जोडी बाँधिएको छ । उनीहरुले पहिलो पटक एकसाथ काम गरेका हुन् । चलचित्रमा जितु ह्यारी र साम्राज्ञी प्यारीको रुपमा देखिनेछन् । विजय बराल, लक्ष्मी गिरी, सुवास गजुरेल, नरेश पौडेल, रञ्जना भट्टराई, समिक्षा पौडेल, रमेश अधिकारी, डिल्लीराम खनालको पनि अभिनय रहेको चलचित्रमा नायिका रेखा थापाको केमियो भूमिका छ ।

डा. कपिल रिजालको प्रस्तुति रहेको चलचित्रमा कथा रिजाल स्वयं, पटकथा र संवाद सुदीप बराल, गिरीराज घिमिरे, डा. रिजाल र अभिमन्यू निरवीले मिलेर तयार पारेका हुन् । चलचित्रमा भोला रिजालको गीत, शिखर सन्तोष र युग भुषालको संगीत, सपनकुमार राई, सौभर दास, थोम्सन एन्ड्रयुज, मीना निरौला र देवाञ्जली जोशीको गायन र कविराज गहतराजको कोरियाग्राफी रहेको छ ।

सुदीप बरालको छायांकन रहेको चलचित्रलाई अर्जुन जिसीले सम्पादन गर्नेछन् । निर्देशक रिजालले यही चलचित्रबाट निर्देशनमा डेब्यू गरेका हुन् । लण्डनमा बस्दै आएका उनले यसअघि केही सर्ट चलचित्रको निर्देशन गरिसकेका छन् । पेशाले दन्त चिकित्सक रहेका उनी डा. भोला रिजालका छोरा हुन् । कपिलले चलचित्र पारिवारसँग बसेर हेर्न मिल्ने सिचुएसनल कमेडीमा बनेको बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu