हलिउड अभिनेता सिल्भियो नेपाल आउने



हलिउड अभिनेता सिल्भियो सिमाक नेपाल आउने भएका छन् । एक्सन फर नेसन्सको आयोजनामा २६ मार्च २०२२ मा काठमाडौंमा हुन लागेको महिला सशक्तिकरणका लागि आत्मरक्षा तालिममा सहभागि हुन उनी पहिलो पटक नेपाल आउन लागेका हुन् । एक्शन फर नेसन्सको सद्भावना दूत समेत रहेका सिल्भियो मार्शल आर्टिस्ट र विश्व च्याम्पियन समेत हुन् ।

एक्सन फर नेसन्सले अमेरिका, नेपाल, भारत र पाकिस्तानमा महिला सशक्तिकरणका लागि आत्मरक्षा तालिम गरेको भन्दै हालै अमेरिकामा ‘शो फेस्ट सोसल अवार्ड २०२२’ समेत प्राप्त गरेको थियो ।

सिल्भियोले ज्याकी च्यान, जेट ली जस्ता धेरै विश्व प्रसिद्ध अभिनेताहरुसँग चलचित्रमा अभिनय गरिसकेका छन् । उनले ‘कनिट्स अफ थे डामनेड’, ‘द विजर्ड्स हन्टर’, ‘ब्ल्याक मास्क : सिटी अफ मास्क्स’, ‘टेन डेड म्यान’, ‘द डार्क किङ्गडम’ लगायतका हलिउड चलचित्रमा अभिनय गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu