छायांकनमा निस्कियो ‘सरी मम’



चलचित्र ‘सरी मम’को मुहूर्तसँगै छायांकन सुरु गरिएको छ । बिहिबार भद्रकाली मन्दिरमा शुभ मुहूर्त गर्दै छायांकन थालिएको हो । चलचित्रका लागि अभिनेत्री सरीता लामिछाने र प्रभात पलले मुहूर्त सर्ट दिएका थिए । निर्माता तथा वितरक गोपाल काजी कायस्थले क्ल्याप हानेको मुर्हुत सर्टको निर्देशन रञ्जीत रानाले गरेका थिए ।

विनोद लामाको प्रस्तुतीमा निर्माण हुने चलचित्रमा सरिता र प्रभातका अलवा सरोज खनाल, विजय लामा, एलिस राई, विहान श्रेष्ठ, रेजिना मगर, युनिषा बजगाई र प्रविल कटुवालको अभिनय रहने छ । चलचित्रको सम्पूर्ण छायांकन बागमती र गण्डकी प्रदेशमा गरिनेछ ।

एनएफआई क्रियसनको व्यानरमा निर्माण हुने चलचित्रलाई नविन बोगटीले निर्देशन गर्दैछन् । उनले निर्देशनबाट निर्देशनमा डेव्यु गर्दैछन् । ३० को छायांकन सेड्युल राखिएको चलचित्रलाई दीर्घ गुरुङले छायांकन गर्नेछन् । सामाजिक कथावस्तुमा निर्माण गरिने सिनेमा आगामी वर्षको दशैं र तिहारको बीचमा रिलिज गरिने निर्माता विनोद लामाले बताए ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu