यस्तो छ स्वस्तिमा र अर्पणको ‘चिसो मान्छे’ टिजर



दीपेन्द्र के. खनाल निर्देशित चलचित्र ‘चिसो मान्छे’को टिजर सार्वजनिक भएको छ । शुक्रवार सार्वजनिक भएको १ मिनेट १५ सेकेन्ड लम्बाईको टिजरमा अभिनेत्री स्वस्तिमा खड्का कर्णाली भेगको महिलाको भेषभुषामा प्रस्तुत छिन् । उनको भिन्न लुक्सले टिजरबाट आँखा हट्न दिँदैन । त्यस्तै, अभिनेता अर्पण थापाको सस्पेन्स भूमिकाले खुलदुली पैदा गर्छ ।

टिजरमा स्वस्तिमा र अर्पणबीच टाढैबाट आँखा जुधिरहेको छ । कहिले सेत्तै फूलेको दाह्री सुमसुमाइरहेका त कहिले ऐना अगाडि दाह्री काटिरहेका अर्पणको आँखा स्वस्तिमाबाट हटेको छैन । उता, घाँटीमा पहेंलो पोते लगाएकी स्वस्तिमा पनि अर्पणलाई हेर्दै मन्द मुस्कुराइरहेकी छन् । टिजरको अन्तिम दृश्यमा भने एउटा गाडीमा विदेशबाट बाकसमा ल्याइएको शवलाई देखाइएको छ ।

आउँसो असार ३ गतेबाट प्रदर्शनमा आउन लागेको चलचित्रलाई शर्मिला पाण्डेले निर्माण गरेकी हुन् । चलचित्रमा देशभक्त खनाल, आशान्त शर्मा, झकेन बीसी, प्रभाकर न्यौपाने, रामबाबु रेग्मी, संजोग रसाइली, पुष्पा अवस्ती, सृष्टि आचार्य, विकास खनाललगायतको पनि अभिनय रहेको छ । चलचित्रको निर्देशनसँगै कथा, पटकथा, संवाद र छायांकन दीपेन्द्र स्वयंको हो । दीर्घ खड्काले चलचित्रलाई सम्पादन गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu