जेठ ६ लाई तोक्यो ‘सम्झना बिर्सना’ले प्रदर्शन मिति



निमेष प्रधानको निर्देशनमा बनेको चलचित्र ‘सम्झना बिर्सना’ आउँदो जेठ ६ गतेबाट प्रदर्शनमा आउने भएको छ । शुक्रवार निर्माण टिमले एक पोस्टर सार्वजनिक गर्दै प्रदर्शन मिति तोकेको हो । पोस्टरमा अभिनेता आकाश श्रेष्ठ र अभिनेत्री पूजा शर्मा रोमान्टिक अवतारमा देखिएका छन् । यसअघि २०७७ सालको जेठ २ गतेलाई चलचित्रको प्रदर्शन मिति घोषणा गरिएको थियो । तर, कोरोना महामारी कारण चलचित्र प्रदर्शनमा आउन सकेन ।

दार्जिलिङ, सिक्किम र नेपालको जीवन पद्दतिको प्रेमकथामा आधारित भएर निर्माण भएको चलचित्रलाई आदित्य प्रधान र रेविका प्रधानले निर्माण गरेका हुन् । चलचित्रको कथा तथा पटकथा निर्देशक प्रधान स्वयंले लेखेका हुन् । सुनिल थापा, शिशिर राणा, छुल्ठिम गुरुङलगायतका कलाकारहरुको पनि अभिनय रहेको यो चलचित्र आदित्य फिल्मस्को ब्यानरमा निर्माण भएको हो ।

कोरोना महामारीअघि भारतको सिलिगुडी, दार्जिलिङ र सिक्किम क्षेत्रमा छायांकन भएको चलचित्रमा शिव ढकालको छायांकन, तारा थापा ‘किम्भे’को सम्पादन र कमल राईको कोरियोग्राफी छ । शिशिर राणा र निमेष प्रधानले मिलेर चलचित्रको संवाद लेखेका हुन् । निर्देशक प्रधानले आफूले युवा पुस्तालाई लक्षित गरेर चलचित्र बनाएको जानकारी दिए । यो उनको डेब्यू निर्देशित चलचित्र हो ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu