‘हेल्लो जिन्दगी’को ‘झुम्के बुलाकी’ गीतमा विक्रम र विभियाको नृत्य



यही चैत १८ गतेबाट प्रदर्शनमा आउन लागेको चलचित्र ‘हेल्लो जिन्दगी’को नयाँ गीत सार्वजनिक भएको छ । आइतवार यूट्युबमा सार्वजनिक भएको ‘झुम्के बुलाकी’ गीतमा राजनराज सिवाकोटी र मिलन नेवारको स्वर रहेको छ भने गायक सिवाकोटीको शब्द तथा संगीत छ ।

बेलायतमा छायांकन भएको गीतको भिडियोमा चलचित्रका नायक विक्रम डि जोशी र मोडल विभिया श्रेष्ठका साथै विदेशी कलाकारहरुको अभिनय छ । बलिउडका विष्णु देवाको कोरियोग्राफी र अरुण प्रसाद अल्बर्टको छायांकन रहेको भिडियोमा कलाकारहरु नेपाली भेषभुषामा प्रस्तुत छन् ।

बेलायत र नेपालमा छायांकन भएको चलचित्रलाई एभरेष्ट सूर्य बोहराले निर्माण तथा निर्देशन गरेका हुन् । चलचित्रमा विक्रमका अलावा दीपिका प्रसाईं, प्रियंका कार्की, विल्सन बिक्रम राई, बिक्रान्त बस्नेत, एभरेष्ट सूर्य बोहरा, सबिता गुरुङ, सनमकुमार बैराग, विभिया श्रेष्ठ, जानकी पन्त, ध्रुव दत्त, कुमुद पन्तलगायतका कलाकारहरुको अभिनय रहेको छ ।

वास्तविक घटनाबाट प्रभावित भनिएको चलचित्रको निर्मातामा विक्रम डि जोशी र हिराल जोशी छन् । त्यस्तै, कार्यकारी निर्मातामा सृजना जोशी महर्जन र सह-निर्मात्रीमा सबिता गुरुङ छिन् । चलचित्रको कथा लेखनमा निर्देशक बोहरालाई विक्रमले सघाएका छन् । पटकथा तथा संवाद भने बोहरा र अभिमन्यु निरवीले लेखेका हुन् । चलचित्रलाई पुरुषोत्तम प्रधानले खिचेका हुन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu