यश अभिनीत ‘केजीएफ २’को ट्रेलर सार्वजनिक



यस वर्षको अर्को बहुप्रतिक्षीत साउथ चलचित्र ‘केजीएफ : च्याप्टर २’को ट्रेलर सार्वजनिक भएको छ । २ मिनेट ५७ सेकेन्ड लम्बाईको ट्रेलर धमाकेदार बनेको छ । साउथ सुपरस्टार यशको एक्सन, स्टाइल, डाइलग र अभिनयले ट्रेलरबाट आँखा हट्न दिँदैन । भव्य सेट, जबर्जस्त ब्याकग्राउन्ड म्यूजिक, उत्कृष्ट भिएफएक्स र उम्दा सिनेम्याट्रोग्राफीले ट्रेलरलाई ‘पावर प्याक्ड’ बनाएको छ ।

बलिउड अभिनेता सञ्जय दत्तको लुक्स ट्रेलरको अर्को सशक्त पक्ष हो । ट्रेलर हेर्दा नकारात्मक भूमिकामा ‘केजीएफ : च्याप्टर २’ उनको करिअरकै उत्कृष्ट चलचित्र मान्न सकिन्छ । ट्रेलरमा अभिनेत्री रवीना टन्डनको उपस्थिति पनि वजनदार छ । त्यस्तै, ट्रेलरमा श्रीनिधि शेट्टी, प्रकाश राज र मालविका अविनाश पनि अटाएका छन् ।

आइतवार बेंगलुरुमा एक कार्यक्रमका बीच पाँच भाषामा एकसाथ सार्वजनिक गरिएको चलचित्रको हिन्दी भर्सनको ट्रेलर अभिनेता फरहान अख्तरले सार्वजनिक गरेका हुन् । कन्नड, तेलुगु, हिन्दी, तमिल र मलयालम भाषामा निर्माण भएको चलचित्र १४ अप्रिलबाट प्रदर्शन हुँदैछ । प्रशान्त नीलद्वारा लिखित तथा निर्देशित चलचित्र भारतमा ६ हजार स्क्रिनमा रिलिज हुनेछ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu