‘ठगराज’को गीतमा प्रताप र दीपाको स्वर



काठमाडौं । चलचित्र ‘ठगराज’को पहिलो गीत रेकर्डिङ्ग गरिएको छ । सञ्चारकर्मी लक्ष्मण सुवेदीको लेखन, निर्माण तथा निर्देशनमा बन्न लागेको चलचित्रको ‘माया बसेको रैछ’ गीतमा प्रताप दास र दीपा लामाले स्वर भरेका छन् । गीतमा निर्देशक सुवेदी स्वयंको शब्द रहेको छ भने दीपक शर्माले संगीत दिएका छन् । गीतका एरेन्जर शिवराम रसाइली हुन् ।

गोल्डेन स्टेट मुभी मेकर्स एलएलसी क्यालिफोर्नियासँगको सहकार्यमा दिलासा क्रिएसनको ब्यानरमा निर्माण हुने चलचित्रको आगामी जेठमा छायांकन सुरु हुनेछ । सामाजिक कथावस्तुमा निर्माण हुने चलचित्रको कलाकार तथा प्राविधिक टिम छनोट कार्य भइरहेको निर्देशक सुवेदीले बताए ।

सुवेदीले चलचित्रमा सामाजिक कथा, जीवनको यथार्थसँग नजिकसँगै कमेडी, लभ र सेन्टिमेन्टको संयोजन हुने जानकारी दिए । चलचित्रको वितरण आरआर फिल्मस्ले गर्नेछ । निर्देशक सुवेदीले यसअघि ‘एउटा साथी’ र ‘लालजोडी’ गरी दुई चलचित्रको निर्देशन गरिसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu