तारेखमा थुनामुक्त गर्न माग गर्दै पलले दिए उच्च अदालतमा निवेदन



एक नाबालिग गायिकामाथि जबर्जस्ती करणी अभियोगमा पुर्पक्षका लागि थुनामा रहेका अभिनेता पल शाहले तनहुँ जिल्ला अदालतको आदेशविरुद्ध उच्च अदालत पोखरामा रिट निवेदन दायर गरेका छन् । शाहका कानुनी सहयोगीले मंगलवार दिउँसो जिल्ला अदालतको फैसलाविरुद्ध तारेखमा थुनामुक्त गर्न माग गर्दै उच्च अदालत पोखरामा रिट निवेदन दर्ता गराएका हुन् ।

जाहेरवाला र प्रतिवादीको तर्फबाट थुनछेक बहस भएपछि १० चैतमा जिल्ला अदालत, तनहुँले शाहलाई थुनामा राखेर मुद्दाको कारबाही अघि बढाउन आदेश दिएको थियो । नाबालिगलाई विवाह गर्छु भनी प्रलोभन देखाएर जबर्जस्ती करणी गरेको देखिन आएको भन्दै जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा पठाउने आदेश गरेको थियो । अहिले पल दमौलीको कारागारमा रहेका छन् ।

शाहका कानुन व्यवसायी भानुभक्त सुवेदीले तनहुँ जिल्ला अदालतले शाहलाई पुर्पक्षका लागि थुनामा पठाउन गरेको आदेशविरुद्ध तारिखमा रिहाइ गरेर मुद्दा लड्न माग गर्दै उच्च अदालत पोखरामा पुनरावेदन गरिएको जानकारी दिए । नाबालिगले गत फागुन ११ गते तनहुँ र फागुन १५ गते नवलपरासीको प्रहरी कार्यालयमा शाहविरुद्ध जबर्जस्ती करणीको आरोपमा उजुरी दिएकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu