ओस्कारको मञ्चमा क्रिस रकलाई थप्पड हानेका विल स्मिथले मागे माफी



सोमवार भएको ओस्कार अवार्डको समारोहमा कार्यक्रम सञ्चालक क्रिस रकलाई थप्पड हानेपछि विवादमा तानिएका हलिउड अभिनेता विल स्मिथले माफी मागेका छन् । सामाजिक सञ्जालमार्फत स्मिथले क्रिस रकसँग माफी मागेका हुन् ।

ओस्कर अवार्ड समारोहमा प्रस्तोता रकले आफ्नी पत्नी जेडाप्रति व्यंग्य गरेपछि स्मिथले मञ्चमै उक्लिएर रकलाई गालामा थप्पड हानेका थिए । स्मिथले माफी माग्दै आफू सबैखाले हिंसाको विरुद्ध रहेको उल्लेख गरेका छन् ।

स्मिथले लेखेका छन्, ‘क्रिस, म सार्वजनिक रुपमा तिमीमाथि भएको घटनाप्रति माफी चाहन्छु । म मर्यादाबाट बाहिर गएको थिएँ र म गलत थिएँ । म लज्जित छु र मैले गरेको कार्य मैले बन्न चाहेको मान्छेको सूचक थिएन । प्रेम र दयाको संसारमा हिंसाको कुनै ठाउँ छैन ।’

उनले एकेडेमी अवार्डमा आफ्नो व्यवहार अस्वीकार्य र अक्षम्य भएको उल्लेख गर्दै जेडाको स्वास्थ्य अवस्थाको बारेमा गरिएको मजाक आफ्नो लागि असह्य भएकाले चाँडै प्रतिक्रिया जनाएको बताएका छन् । स्मिथले ओस्कार अवार्डमा चलचित्र ‘किङ रिचर्ड’ बाट उत्कृष्ट अभिनेताको अवार्ड जितेका थिए ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda

Thuloparda Media Pvt. Ltd.

Reg No.: 160/073-74 (Suchana Vibhag, Nepal)

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Address: Anamnagar, Kathmandu, Nepal

Email: [email protected]

All the photos & other materials, do not use or reproduce without authorized permission.

Designed by Appharu