कर्माको ‘षट्कोण’ बैशाख २३ मा रिलिज हुने



साइकोलोजिकल थ्रिलर जनरामा निर्माण भएको चलचित्र ‘षट्कोण’को प्रदर्शन मिति घोषणा गरिएको छ । आगामी बैशाख २३ गतेलाई प्रदर्शन मिति घोषणा गर्दै निर्माण टिमले मंगलवार एक पोस्टर सार्वजनिक गरेको छ । सार्वजनिक पोस्टरमा चलचित्रका मुख्य अभिनेता कर्मालाई प्रस्तुत गरिएको छ ।

क्लेमेन्टाइन प्रोडक्सन र ट्राभलर्स क्रिउ फिल्मस्को ब्यानरमा निर्माण भएको चलचित्रका निर्देशक मिलन डि काप्रि हुन् । उनले यही चलचित्रबाट निर्देशनमा डेव्यु गर्दैछन् । कोरोना महामारी अगाडि नै निर्माण भएको चलचित्रको सम्पुर्ण काम सकेर रिलिज मिति घोषणा गरिएको निर्देशक काप्रिले बताए ।

चलचित्रमा कर्माका अलवा भोलाराज सापकोटा, लोकेन्द्र लेखक, सुयशा अधिकारी, विराज कडरिया, शिशिर लिम्बु वानेमको अभिनय रहेको छ । शिशिर लिम्बु वानेमको कथा तथा पटकथा रहेको चलचित्रको संवाद महेश दवाडीले लेखेका हुन् ।

चलचित्रमा आङ्चेन लामाको छायांकन, सागर खनाल र निर्देशक मिलन डि काप्रिले सम्पादन छ । यो चलचित्रलाई वितरणको जिम्मा आरआर फिल्मस्ले लिएको छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu