दर्शकले रुचाए ‘ए मेरो हजुर ४’को ट्रेलर



चलचित्र ‘ए मेरो हजुर ४’ बैशाख १ गतेबाट प्रदर्शनमा आउने तयारीमा छ । प्रदर्शन मिति नजिकिँदै गर्दा निर्माण टिमले चलचित्रका प्रमोशनल कन्टेन्टहरु लगातार रुपमा सार्वजनिक गरिरहेको छ । टिजर र दुई गीतलाई दर्शकबाट मिलेको सकारात्मक प्रतिक्रियापछि गत साता ट्रेलर सार्वजनिक गरियो । ४ मिनेट ८ सेकेन्डको ट्रेलरले चलचित्रप्रति दर्शकको अपेक्षा चुलिएको छ ।

कमर्शियल शैलीमा तयार पारिएको चलचित्रको ट्रेलरमा अभिनेता अनमोल केसी र अभिनेत्री सुहाना थापाको प्रेममा परिवार तगारो बनेपछि उचार-चढावलाई प्रस्तुत गरिएको छ, जसमा जोडिएका प्रेमिल र वियोगान्त संवादलाई युवापुस्ताले मन पराएका छन् । अनमोलको रोमान्टिक अवतार र सुहानाको बुलन्द अभिनयले चलचित्रप्रति दर्शकको अपेक्षा र कौतुहलता बढाउँछ ।

गत विहीवार सार्वजनिक भएको ट्रेलरलाई १० लाख बढीले हेरिसकेका छन् भने साढे तीन हजारभन्दा बढी कमेन्ट प्राप्त छ । कमेन्टमा अधिकांशले प्रशंसाको फुलबुट्टा भरेका छन् । कसैले ट्रेलरलाई हलिउड र बलिउडसँग दाँजेका छन् भने कसैले अनमोलको अभिनयमा सुधार भएकोमा खुसी व्यक्त गरेका छन् । ट्रेलरले विशेषगरी युवापुस्तालाई आकर्षित गरेको देखिन्छ ।

झरना थापाको निर्देशनमा तयार भएको चलचित्रमा सलोन बस्नेत, रवि गिरी, सरोज खनाल, लुनिभा तुलाधर, रक्षा गौतम लगायतका कलाकारहरुको पनि अभिनय छ । सुनिल कुमार थापाले निर्माण गरेको चलचित्रमा मित्र डि। गुरुङको सम्पादन, रामजी लामिछानेको कोरियोग्राफी र हिमाल केसीको द्वन्द्व निर्देशन रहेको छ । चलचित्रको कथा झरना थापा र स्वर्गीय छेतन गुरुङले मिलेर लेखेका हुन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu