‘शमशेर’मा यस्तो देखिए हिमेश र सुमन



अभिनेता मनिष राउत र गौरव पहारीको मुख्य भूमिका रहने चलचित्र ‘शमशेर’मा कमेडी च्याम्पियनको पहिलो सिजनका विजेता हिमेश पन्त र अभिनेता सुमन गौतम अनुबन्धित भएका छन् । चलचित्रमा हिमेश र सुमनको भूमिका कस्तो रहनेछ भन्ने खुलाइएको छैन । तर, सार्वजनिक लुक्समा उनीहरु फरक चरित्रमा प्रस्तुत हुन लागेको बुझ्न सकिन्छ ।

एक्सन जनरामा निर्माण गरिने चलचित्रमा एभरेष्ट फिल्म एकेडेमी र डी आर डेनिमको लगानी रहनेछ । हाल चलचित्रको लागि मुख्य अभिनेत्रीको खोजी भैरहेको निर्माण टिमले जनाएको छ । चलचित्रको छायांकन काठमाडौँ, दुबई, सोलुखुम्बु र ढोरपाटनमा गरिनेछ ।

सीबड्र्स इन्टरटेनमेन्ट र धिरज प्रोडक्सनको सहकार्य रहने चलचित्रमा सुमन थापा, सबिन शाक्य, रुपेश कार्की, रुपेश लामा, आशिस पराजुली लगायतका कलाकारहरुको पनि अभिनय रहनेछ । राकेश दाहालको पोस्टर डिजाइन रहेको चलचित्रका गीतमा अर्जुन पोखरेलको संगीत दिनेछन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu