बुढासुब्बाको यूट्युब च्यानल ह्याक, हजारौं गीत र चलचित्र उडे



नेपाली चलचित्रको डिजिटल राइट्स खरिद गर्दै आएको बुढासुब्बा डिजिटलको यूट्युब च्यानल ह्याक भएको छ । यूट्युब ह्याक हुँदा बुढासुब्बाको च्यानलमा रहेका सम्पूर्ण कन्टेन्ट हटेका छन् । बैशाख १ गतेबाट प्रदर्शनमा आउन लागेको चलचित्र ‘ए मेरो हजुर ४’ले पनि बुढासुब्बाबाट प्रचार सामाग्री सार्वजनिक गरिरहेको थियो । यो चलचित्रको गीत, टिजर र ट्रेलर सबै यूट्युबबाट उडेको छ ।

अहिले बुढासुब्बा डिजिटलको च्यानलमा एक वर्ष अगाडि अपलोड भएको २० सेकेन्डको इन्ट्रोको एउटा भिडियो मात्र छ । ४० लाखभन्दा बढी सब्स्क्राइभ रहेको च्यानलमा हजारौंको संख्यामा गीत र चलचित्रहरु थिए । ती सबै ह्याकरले उडाएपछि बुढासुब्बा टिम तनावमा देखिएको छ । बुढासुब्बाको च्यानल दोस्रो पटक ह्याक भएको हो । यसअघि पनि यो च्यानल ह्याक भएर फिर्ता ल्याइएको थियो ।

चलचित्र प्रदर्शनको मुखमा यूट्युब च्यानल ह्याक भएर सम्पूर्ण प्रचार सामाग्री उडेपछि ‘ए मेरो हजुर ४’को टिम पनि तनावमा देखिएको छ । बुढासुब्बाको यूट्युब च्यानलमा चलचित्रको दुई गीत, टिजर र ट्रेलर सार्वजनिक भइसकेको थियो भने चारवटै प्रचार सामाग्रीलाई लाखौं भ्यूज मिलिसकेको थियो । बिहीवार निर्माण टिम सोही च्यानलबाट चलचित्रको नयाँ गीत सार्वजनिक गर्ने तयारीमा थियो ।

चलचित्रको डिजिटल राइट्स बुढासुब्बाले लिएका कारण पुनः गीत, टिजर र ट्रेलर यूट्युबबाट सार्वजनिक हुन सक्नेछ । तर, रिलिजको मुखमा लाखौं भ्यूज पाइसकेका चलचित्रका प्रचार सामाग्री यूट्युबबाट हट्दा निर्माण टिम अन्योलमा देखिएको छ । झरना थापाले निर्देशन गरेको चलचित्रमा अनमोल केसी, सुहाना थापा, सलोन बस्नेत, सरोज खनाल लगायतको अभिनय छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu