आफ्नो चलचित्रप्रति उत्साहित नहुने कलाकार हुन सक्दैन : सन्दिप क्षेत्री



शुक्रवारबाट प्रदर्शनमा आउन लागेको चलचित्र ‘हेल्लो जिन्दगी’को प्रचार-प्रसारमा मुख्य दुई अभिनेत्री प्रियंका कार्की र दीपिका प्रसाईंले साथ नदिएपछि अभिनेता सन्दिप क्षेत्रीले चलचित्रको प्रचारमा निर्माण टिमलाई सघाएका छन् । बुधवार राजधानीमा आयोजित एक कार्यक्रममा उनले कुनै कलाकार आफूले खेलेको चलचित्रबाट उत्साहित हुँदैन भने त्यो कलाकार हुन नसक्ने बताए ।

उनले भने- ‘चलचित्रले मागे अनुरुपको समय उहाँहरु (प्रियंका कार्की र दीपिका प्रसाईं) ले आफ्नो विभिन्न कारणले दिन नपाउनु भएको हुनसक्छ । तर, त्यो भन्दैमा उहाँहरुको चलचित्रलाई साथ नै छैन भन्ने चाहिँ होइन । कहिले काहिँ उपस्थित नभएपनि त्यसको अनुभूति हुनसक्छ । आँखाले देख्नै पर्छ भन्ने छैन । आफूले खेलेको चलचित्रबाट कोही उत्साहित हुँदैन भने त्यो कलाकार नै होइन ।’

चलचित्रको प्रचारमा कलाकारहरु उपस्थित नहुँदा टिमलाई खल्लो महशुस हुनु स्वभाविक भएपनि चलचित्र कति स्वादिलो बनेको छ त्यो महत्त्वपूर्ण हुने उनको भनाई छ । ‘उहाँहरुले यसअघि निर्वाहा गरेको चरित्र जस्तै ‘हेल्लो जिन्दगी’मा पनि त्यस्तै प्रस्तुती छ भन्नेमा म विश्वस्त छु । उहाँहरु चलचित्रमा हुनु नै साथको प्रतिक हो । अब चलचित्र कति स्वादिलो बनेको छ त्यो महत्त्वपूर्ण हो,’ उनले भने ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu