हलमा लाग्यो ‘हेल्लो जिन्दगी’



फ्राइडे रिलिज अन्तर्गत चलचित्र ‘हेल्लो जिन्दगी’ प्रदर्शनमा आएको छ । गत हप्ता प्रदर्शनमा आएको साउथ चलचित्र ‘आरआरआर’को दबदबाबीच प्रदर्शनमा उत्रिएको चलचित्रले मल्टीप्लेक्समा औसत शो पाएको छ । देशभरका अधिकांश सिंगल थिएटर भने चलचित्रले आफ्नो कब्जामा बनाएको छ ।

एभरेष्ट सूर्य बोहोरा निर्देशित चलचित्र त्रिकोणात्मक प्रेमकथामा बनेको हो । चलचित्रलाई वास्तविक घटनाबाट प्रभावित भनिएको छ । निर्देशक बोहराकै लेखन रहेको चलचित्रमा विक्रम डि जोशी, दीपिका प्रसाईं, प्रियंका कार्की, विल्सन बिक्रम राई, बिक्रान्त बस्नेत, एभरेष्ट सूर्य बोहरा, सबिता गुरुङ, सनमकुमार बैराग, बिभिया श्रेष्ठ, जानकी पन्त, ध्रुव दत्त, कुमुद पन्तलगायतका कलाकारहरुको अभिनय रहेको छ ।

विक्रम डि जोशी चलचित्रको निर्मातामा छन् भने हिराल जोशीले निर्माणमा साथ दिएकी छन् । त्यस्तै, कार्यकारी निर्मातामा सृजना जोशी महर्जन र सह-निर्मात्रीमा सबिता गुरुङ छिन् । चलचित्रको कथा लेखनमा निर्देशक बोहरालाई विक्रमले सघाएका छन् । पटकथा तथा संवाद भने बोहरा र अभिमन्यु निरवीले लेखेका हुन् । चलचित्रलाई पुरुषोत्तम प्रधानले खिचेका हुन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda

Thuloparda Media Pvt. Ltd.

Reg No.: 160/073-74 (Suchana Vibhag, Nepal)

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Address: Anamnagar, Kathmandu, Nepal

Email: [email protected]

All the photos & other materials, do not use or reproduce without authorized permission.

Designed by Appharu