‘सिटामोल’मा बाँधिने भयो सौगात र बेनिशाको जोडी



चलचित्र ‘झ्यानाकुटी’पछि अभिनेता सौगात मल्ल र अभिनेत्री बेनिशा हमालले फेरि एकसाथ काम गर्ने भएका छन् । ‘वृन्दावन’, ‘वीरंगना’ जस्ता चलचित्रको निर्देशन गरिसकेका राजबहादुर सानेको निर्देशनमा बन्न लागेको चलचित्र ‘सिटामोल’मा उनीहरुले काम गर्न लागेका हुन् । सौगात मल्लको समय मिलेको खण्डमा जेठ अन्तिमबाट चलचित्रको छायांकन सुरु गर्ने तयारीमा निर्देशक साने छन् ।

सौगातले पहिलो लकडाउनमै यो चलचित्र साइन गरेका थिए । चलचित्रमा बेनिशा भित्रिएको भने दुई महिना भएको छ । कोरोनाका कारण दुई वर्ष छायांकनमा जान नसकेको चलचित्र यतिबेला सौगातको व्यस्तताले छायांकनमा ढिलाई भएको छ । चैत अन्तिमबाट उनी चलचित्र ‘दुई नम्बरी’को छायांकनमा व्यस्त हुँदैछन् । यसपछिको समय भने निर्देशक सानेले ‘सिटामोल’का लागि मागेका छन् ।

चलचित्रको कथा साने स्वयंको हो भने पटकथा प्रदीप भारद्वाजले तयार पारेका छन् । निर्देशक सानेले चलचित्रको बारेमा भने- ‘नामले नै चलचित्रको थिम प्रस्ट्याउँछ । चलचित्रले नेपाली समाजमा घटिरहेको वास्तविक घटनालाई नै भन्नेछ । हरेक मानिस विभिन्न पीडामा हुन्छन्, त्यसलाई निको पार्ने सिटामोलको रुपमा चलचित्र बन्नेछ ।’ ‘सिटामोल’ आफ्नो करिअरकै उत्कृष्ट चलचित्र बन्ने उनको दाबी छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu