यस्तो बन्यो ‘लक्का जवान’को ट्रेलर



चर्चित हाँस्य कलाकार शिवहरी पौडेलले निर्देशन गरेको चलचित्र ‘लक्का जवान’को ट्रेलर सार्वजनिक भएको छ । सोमवार यूट्युबमा सार्वजनिक भएको ट्रेलर कमेडीले भरिएको छ । चलचित्रले अधवैंसे पुस्ता र तन्नेरी पुस्ताबीचको कथालाई उठाएको ट्रेलरबाट बुझ्न सकिन्छ । ३ मिनेट २२ सेकेन्ड लम्बाईको ट्रेलरमा निर्देशक पौडेलले कमेडीसँगै रोदन पनि मिश्रण गरेका छन् ।

बैशाख २३ गतेबाट प्रदर्शनमा आउन लागेको चलचित्रमा मदनकृष्ण श्रेष्ठ, किरण केसी, सरोज खनाल, सुशील पोखरेल, शिवहरी पौडेल, दीलिप रायमाझी, प्रियंका कार्की, सलोन बस्नेत, वर्षा सिवाकोटी, सुरेन्द्र केसी, जयनन्द लामा, अन्सुया श्रेष्ठ, अन्जु महर्जन, नरेन्द्र कंशाकार, देशभक्त खनाल लगायतको अभिनय छ । चलचित्रको कथा, पटकथा तथा संवाद निर्देशक पौडेल स्वयंको हो ।

अन्सुया श्रेष्ठ निर्माता रहेको चलचित्रको कार्यकारी निर्मातामा किरण केसी, शिवहरी पौडेल र दीलिप रायमाझी छन् । त्यस्तै, सह-निर्मातामा सुशील अर्याल, डेजी अर्याल, राजाराम पौडेल, राज केसी, सुरेन्द्र केसी र दीपेन्द्र खनियाँ रहेका छन् । पुरुषोत्तम प्रधानले खिचेको चलचित्रलाई मित्र डि गुरुङले सम्पादन गरेका हुन् । चलचित्रका गीतमा कविराज गहतराजले कोरियोग्राफी गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu