थुनछेक बहसका लागि पललाई पठाइयो नवलपुर



एक नाबालिगलाई जबर्जस्ती करणी गरेको आरोप लागेका अभिनेता पल शाहलाई थुनछेक बहसका लागि पूर्वी नवलपरासी (नवलपुर) पठाइएको छ । नवलपुर जिल्ला अदालतमा दर्ता भएको जबर्जस्ती करणी मुद्दामा थुनछेक बहसका लागि शाहलाई मंगलवार विहान नवलपुर पठाइएको जिल्ला कारागारका निमित्त प्रमुख नारायणप्रसाद अधिकारीले जानकारी दिए ।

सोमबार नवलपुर जिल्ला अदालतबाट आएको थुनछेक बहस प्रयोजनको लागि उपस्थित गराइदिनु भन्ने पत्र अनुसार शाहलाई नवलपुर पठाइएको हो । चैत १० गते जिल्ला न्यायाधीश हरिशचन्द्र ढुंगानाले गरेको आदेशपछि पुर्पक्षका लागि शाह थुनामा थिए । शाहले जिल्ला अदालतको आदेशविरुद्ध उच्च अदालत पोखरामा रिट निवेदन दिइसकेका छन् ।

नवलपरासीमा थुनछेक बहस सकिएपछि शाहलाई पुनः दमौलीको कारागार फर्काइनेछ । फागुन ११ गते तनहुँ र फागुन १५ गते नवलपरासी प्रहरी कार्यालयमा नाबालिगका पिताले दिएको जाहेरीमा पटक-पटक शाहले जबर्जस्ती करणी गरेको उल्लेख छ । तनहुँ प्रहरी कार्यालयमा जाहेरी परेपछि चार दिन भूमिगत भएका शाह फागुन १५ गते आफैं प्रहरीसमक्ष पुगेका थिए ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu