‘के घर के डेरा’लाई दीपेन्द्रले निर्देशन गर्ने



दुई वर्ष अगाडि निर्माण घोषणा भएको चलचित्र ‘के घर के डेरा’मा निर्देशक फेरबदल भएका छन् । पहिला चलचित्रको निर्देशकमा सुव्रतराज आचार्य थिए । उनले विभिन्न कारणले चलचित्रबाट हात झिकेपछि अब दीपेन्द्र के खनालले निर्देशनको कमान्ड सम्हाल्ने भएका छन् । मंगलवार राजधानीमा एक कार्यक्रमका बीच चलचित्रमा निर्देशकको रुपमा खनालको प्रवेश भएको जानकारी गराइयो ।

चलचित्रमा मुख्य कलाकारहरु भने यथावत छन् । ‘के घर के डेरा’मा दयाहाङ राई, विपिन कार्की, वर्षा राउत र रविन्द्र झाको मुख्य भूमिका रहनेछ । ३५ दिनको सेड्युलमा काठमाडौंमा मात्र छायांकन हुने चलचित्रले काठमाडौंमा घर हुने र नहुनेको कथालाई देखाउनेछ । कार्यक्रममा निर्देशक खनालले चलचित्रलाई राम्रो बनाउन आफूले सकेको प्रयास गर्ने बताए ।

चलचित्रमा आफू जोडिएपछि पहिलाको स्क्रिप्टमा केही थटघट भएको पनि निर्देशक खनालले स्पष्ट पारे । उनले भने, ‘म चलचित्रमा जोडिएपछि स्क्रिप्टमा निर्देशकको कोणबाट आफ्नो ‘प्वाइट अफ भ्यू’ त राख्छु नै । अहिले लेखकले सबैको धारणा सुनेर आफ्नो हिसाबले स्क्रिप्टमा रि-राइटिङ गरिरहनु भएको छ ।’ ‘झोले’पछि दयाहाङ, ‘पशुपति प्रसाद’पछि विपिन र ‘चंगा चेट’पछि रविन्द्रसँग सहकार्य गर्न लागेका दीपेन्द्रले छायांकनमा निस्कन आफू आतुर रहेको बताए ।

ए प्लस इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण हुने चलचित्रको निर्मातामा शरद श्रेष्ठ, राजीव श्रेष्ठ र किरण महर्जन छन् भने कार्यकारी निर्मातामा युवराज कार्की छन् । दीर्घ गुरुङले खिच्ने चलचित्रको कथा सिंगो लामाको हो भने पटकथा तथा संवाद महेश दवाडीले लेखेका छन् । पैँतिस वर्ष अगाडि प्रदीप रिमाल निर्देशित चलचित्र ‘के घर के डेरा’को नाम सापटी लिएर चलचित्र बन्न लागेको हो ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu