‘ह्रस्व दीर्घ’मा भित्रिए सलोन



अभिनेत्री नीता ढुंगाना र अभिनेता तथा ज्योतिष हरिहर अधिकारीले मिलेर निर्माण र अभिनय गर्न लागेको चलचित्र ‘ह्रस्व दीर्घ’मा अभिनेता सलोन बस्नेत अनुबन्ध भएका छन् । मंगलवार नीता र हरिहरले सलोनसँग कागजी सम्झौता गरेका हुन् । चलचित्रमा सलोनको भूमिकाबारे भने निर्माण टिमले कुनै जानकारी दिएको छैन ।

नीताले सलोनलाई चलचित्रमा स्वागत गर्न पाउँदा उत्साहित भएको फेसबुकमा उल्लेख गरेकी छिन् । चलचित्रलाई नीताको प्रोडक्सन हाउस ‘नीता फिल्मस्’ले निर्माण गर्नेछ । ७ करोडको लागतमा बन्ने चलचित्रमा नेपालीसँगै बलिउडका केही चर्चित कलाकारहरुको पनि अभिनय रहने बताइएको छ ।

चलचित्रलाई चन्द्र पन्तले निर्देशन गर्दैछन् । यसअघि केही भोजपुरी चलचित्रको निर्देशन गरे पनि उनले ‘ह्रस्व–दीर्घ’बाट नेपाली चलचित्र निर्देशनमा डेब्यू गर्न लागेका हुन् । चलचित्रको छायांकन अर्को वर्षको असारपछि मात्र सुरु हुनेछ । नेपाल, भारतको बनारस र युरोपका विभिन्न देशमा छायांकन हुने फिल्म नेपाली र हिन्दी भाषामा एकसाथ निर्माण हुनेछ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu