घनश्यामको ‘लण्डन टु पेरिस’मा साम्राज्ञी अनुबन्ध



घनश्याम लामिछानेको निर्देशनमा बन्न लागेको चलचित्र ‘लण्डन टु पेरिस’मा अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाह अनुबन्धित भएकी छन् । मंगलबार निर्माण टिमले अभिनेत्री शाहसँग लिखित सम्झौता गरेको हो । साम्राज्ञीले फागुन अन्तिममा मात्र कपिल रिजाल निर्देशित चलचित्र ‘ह्यारीकी प्यारी’को छायांकन सकाएकी थिइन् ।

एबी इन्टरनेसनलको ब्यानरमा निर्माण हुने चलचित्रको बेलायत र फ्रान्समा छायांकन हुनेछ । चलचित्रको छायांकन असारबाट सुरु गर्ने निर्माताको तयारी छ । एबी इन्टरनेसनलले विदेशी चलचित्रको वितरणको काम पनि गरिरहेको छ । यो कम्पनीले हालै अक्षय कुमार अभिनित ‘बच्चन पाण्डे’को नेपाल वितरण जिम्मेवारी लिएको थियो ।

अमित बस्नेत, अजित कुमार थापा, परी राना, अंकित गौतम, सनिश खकुरेल निर्माता रहेको चलचित्रका सह-निर्माता अजित सिंह हुन् । एबी इन्टरनेशनलले निर्माण गरेको चलचित्र ‘सम्हालिन्छ कहिले मन’ प्रदर्शनको तयारीमा छ भने अनमोल केसी र सारा सिरपालीलाई मुख्य भूमिकामा लिएर चलचित्र ‘हनी बनी’ निर्माण गर्दैछ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu