‘षट्कोण’ टिजर रिलिज, पत्रकारको भूमिकामा कर्मा



चलचित्र ‘षट्कोण’को टिजर सार्वजनिक गरिएको छ । साइकोलोजिक थ्रिलर जनरामा निर्माण भएको चलचित्रको टिजरमा अभिनेता कर्मा एक मर्डर मिस्ट्रीको खोजीमा लागेको पत्रकारको भुमिकामा दखिएका छन् । थ्रिलर र सस्पेन्स शैलीमा तयार पारिएको टिजरले चलचित्रप्रति दर्शकको कौतुहलता जगाउने देखिन्छ ।

चलचित्रलाई मिलन डि काप्रिले निर्देशक गरेका हुन् । यो उनको डेव्यु निर्देशित चलचित्र हो । क्लेमेन्टाइन प्रोडक्सन र ट्राभलर्स क्रिउ फिल्मस्को ब्यानरमा निर्माण भएको चलचित्र आगामी बैशाख २३ गतेबाट नेपाल भरका सिनेमा घरमा रिलिज हुनेछ । चलचित्रमा कर्मा र भोलाराज सापकोटाका अलवा लोकेन्द्र लेखक, सुयशा अधिकारी, विराज कडरिया, शिशिर लिम्बु वानेमको अभिनय रहेको छ ।

शिशिर लिम्बु वानेमको कथा तथा पटकथा रहेको चलचित्रको संवाद महेश दवाडीले लेखेका हुन् । चलचित्रमा आङ्छेन लामाको छायांकन, सागर खनाल र निर्देशक मिलन डि काप्रिले सम्पादन छ । क्लेमेन्टाइन प्रोडक्सनको युट्युब च्यानलबाट टिजर रिलिज गरिएको चलचित्रलाई वितरण जिम्मा आरआर फिल्मस्ले लिएको छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda

Thuloparda Media Pvt. Ltd.

Reg No.: 160/073-74 (Suchana Vibhag, Nepal)

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Address: Anamnagar, Kathmandu, Nepal

Email: [email protected]

All the photos & other materials, do not use or reproduce without authorized permission.

Designed by Appharu